• सोमबार, असोज १२ २०८३

सङ्क्रमण कम नभएकाले एसईई र कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट गर्न सिफारिस


आइतबार, जेष्ठ १६ २०७८
685
Shares

काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरसको सङ्क्रमण कम नभएकाले माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट गर्न सिफारिस गरेको छ ।

कोरोना महामारीका कारण वैकल्पिक विधिमार्फत परीक्षा गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको परीक्षा बोर्डले जनाएको छ ।

एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्दै परीक्षा कसरी गर्ने भन्नेबारे अध्ययन गर्न गठन गरेको कार्यदलले अवस्था जटिल नै रहेकाले भौतिक उपस्थिति नगराइकन नै वैकल्पिक विधिमार्फत परीक्षा लिन सुझावसहितको प्रतिवेदन शिक्षा मन्त्रालयमा बुझाएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार