• सोमबार, असोज १२ २०८३

ग्यास पड्किँदा आमा र छोरा घाइते


आइतबार, जेष्ठ १६ २०७८
880
Shares

चितवन । चितवनको भरतपुर महानगरपालिका– १० स्यालीबजारमा आज ग्यास पड्किँदा आमा छोरा घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा स्थानीय ३४ वर्षीया शर्मिला आचार्य र उहाँका १६ वर्षीय छोरा आयुष आचार्य छन्।

घाइते दुवै जनाको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले बताए।

उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनकाअनुसार आगलागीबाट ग्यास सिलिन्डर दुई थान, फ्रिज एक थान, चुलो एक थान, भाँडावर्तन र भान्सा कोठामा प्रयोग गरिएको जिप्सनमा क्षति पुगेको छ।

खाना बनाउने क्रममा ग्यास पड्किएपछि घरमा आगलागी भएको छ।

आगो स्थानीय, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार