• सोमबार, असोज १२ २०८३

पानी जमेको खाल्डोमा डुबेर एकै घरका दुई बालकको मृत्यु


आइतबार, जेष्ठ १६ २०७८
760
Shares


एमविएस इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर महोत्तरीमा एकैघरका दुई जना बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका—९ का ९ वर्षीय बालक प्रेमकुमार मण्डल र उनका दाजु १० वर्षका आशिककुमार मण्डल छन्।

घरबाट झन्डै एक किलोमिटर टाढा रहेको इँटा उद्योगले खनेको खाल्डोमा पानी जमेको थियो। खेल्न गएका दुबै बालकको शनिबार अपराह्न डुबेर मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ।

दुबै बालकको शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार