• सोमबार, भाद्र २२ २०८३

नेपालमा कोरोना संक्रमित भन्दा मुक्त हुनेको संख्या बढ्न थाल्यो


आइतबार, जेष्ठ १६ २०७८
630
Shares

काठमाडौं । पछिल्लो केही दिनदेखी नेपालमा कोरोना संक्रमित थपिने भन्दा निको हुनेको संख्या बढ्न थालेको छ।

शनिबार चार हजार ४ सय ८७ जनामा संक्रमण पुष्टि हुँदा ६ हजार ८० जना संक्रमण मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो अवधिमा संक्रमणको कारण एक सय १६ जनाले ज्यान गुमाएका छन्। शनिबार थपिएकासहित नेपालमा कुल संक्रमितको संख्या पाँच लाख ५३ हजार चार सय २२ पुगेको छ। त्यसैगरी चार लाख ३४ हजार ७ सय ५० जना निको भएका छन्।

शनिबारसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या सात हजार १ सय ६३ पुगेको छ। हाज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ११ हजार ५०९ छ।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आईसीयूमा एक हजार ६ सय १४ जना र भेन्टिलेटरमा ४ सय ५७ जनाको उपचार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार