काठमाण्डौ । साउदी अरबले ११ देशमा लगाएको यात्रा प्रतिबन्ध हटाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि भन्दै साउदी अरबले २० वटा देशलाई यात्रामा प्रतिबन्ध लगाएको थियो । जसमा ११ वटा देशलाइ साउदी अरबले यात्रा प्रतिबन्ध फुकुवा गरेको हो ।

यात्रा प्रतिबन्ध हट्ने देशमा यूएई, जर्मनी, अमेरिका, आयरल्याण्ड, इटाली, पोर्चुगल, बेलायत, स्वीडेन, स्विट्जरल्याण्ड, फ्रान्स र जापान रहेका छन् ।
यात्रा प्रतिबन्ध हटे पनि यी देशबाट आउने नागरिक अनिवार्य रुपमा क्वरेण्टीनमा अनिवार्य बस्नु पर्नेछ।
