काठमाडौं । इङ्ग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

गएराति पोर्चुगलको पोर्टोमा भएको खेलमा म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो । यो सँगै चेल्सी दोस्रो पटक बिजेता बनेको छ । यसअघि सन २०१२ मा चेल्सीले पहिलो पटक चयाम्पियन्स लिग उपाधि जितेको थियो ।

खेलको ४३औ मिनेटमा काई हाभार्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यही गोल नै चेल्सीलाई बिजेता बनाएको हो ।

पहिलो पटक फाइनल पुगेको सिटी भने उपविजेतामै सिमित बन्यो ।