• सोमबार, असोज १२ २०८३

गणतन्त्र दिवशका अवसरमा सरसफाई


शनिबार, जेष्ठ १५ २०७८
685
Shares

गोरखा । गणतन्त्र दिवशका अवसरमा गोरखा नगरपालिकामा सरसफाई कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको १३ वर्ष पूरा भएको अवसरमा नगरपालिकाले कार्यालय परिसरमा सरसफाई कार्यक्रम आयाेजना गरेकाे हाे ।

दिवशका अवसरमा यसअघिका बर्षहरुमा नगर क्षेत्रभित्र रहेका सदरमुकाम र आुपास बिभिन्न बजार साथै १४ वटै वडामा सरसफाई कार्यक्रम आयाेजना गरिने गरेपनि यस बर्ष भने निषेधाज्ञाका कारण नगर कार्यालयमा मात्रै सिमित गरिएकाे नगरप्रमुख राजनराज पन्तले जानकारी दिए ।

‘अघिल्लाे बर्षहरुमा हामी बिभिन्न राष्ट्रिय दिवशहरुमा नगरक्षेत्रभरीका बजार र बस्तीहरुमा एकसाथ सरसफाइ लगायतका कार्यक्रम राख्ने गरेका थियाै’ नगरप्रमुख पन्तले सिभिलखबरलाई भने ‘याे बर्ष काेराेनाकाे जाेखिम पनि छ, निषेधाज्ञा पनि छ, त्यसैले हामी केहि जनप्रतिनिधी र कर्मचारी मात्रै भेला भएर कार्यालय परिसर मात्रै सरसफाइ गर्याै’

कार्यक्रममा नगरप्रमुख पन्तसहित उपप्रमुख विना कुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, वडा नम्बर ८ का वडाध्यक्ष कृष्ण बहादुरी केसी लगायत कार्यपालिका सदस्यहरु र कर्मचारीहरीहरुकाे सहभागीता रहेकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार