• सोमबार, असोज १२ २०८३

कर्मचारीकाे तलब बढ्याे, पत्रकारलाई निशुल्क स्वास्थ्य उपचार


शनिबार, जेष्ठ १५ २०७८
700
Shares

सरकारले सरकारी कर्मचारीको तलव बढाएको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले  सम्पूर्ण राष्ट्र सेवक कर्मचारीको तलव मासिक २ हजारको दरले बढाउने घोषणा गरेका हुन्   । आगामी साउन १ देखि यो लागु हुने छ। 

त्यस्तै सरकारले महंगी भत्तालाई निरन्तरता दिएको छ भने सबै प्रदेशमा सरकारी कर्मचारीको लागि सामुहिक आवास बनाउने घोषणा गरेको छ । कर्मचारी संचय कोष र नागरिक लगानी कोषले यी आवास बनाउने छन् । 

त्यस्तै सरकारले सरकारी कर्मचारीको सामुहिक दुर्घटना बीमा र स्वास्थ्य बीमाको प्रिमियम सरकारले तिर्ने घोषणा गरेको छ ।

पत्रकारलाई निशुल्क स्वास्थ्य उपचार

सरकारले श्रमजीवी पत्रकारहरुलाई आगामी आर्थिक बर्षदेखि नेपालका सरकारी अस्पतालमा निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको छ।

उनकाअनुसार नेपाल पत्रकार महासंघमा सदस्य भएका तथा प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधामा पर्ने श्रमजीवि पत्रकारहरुलाई साउन १ देखि देशभरका सरकारी अस्पतालमा निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ। 

त्यस्तै श्रमजीवि पत्रकारहरुलाई ७ लाखसम्मको दुर्घटना बीमाको व्यवस्था गर्ने र त्यसको ५० प्रतिशत बीमा प्रिमियम रकम सरकारले ब्योहोरने भएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार