• सोमबार, असोज १२ २०८३

आँबुखैरेनी—पोखरा सडक चार लेनको बनाउन सरकारले गर्यो बजेट विनियोजन


शनिबार, जेष्ठ १५ २०७८
575
Shares


पोखरा । पृथ्वी राजमार्गको नागढुंगा–मुग्लिन र आँबुखैरेनी–पोखरा सडकखण्डको स्तरोन्नति तथा विस्तार गर्न सरकारले बजेट विनियोजन गरेको छ ।

पृथ्वी राजमार्गको नागढुंगा–मुग्लिन खण्डको स्तरोन्नति र आँबुखैरेनी–पोखरा खण्ड चार लेनको बनाउने योजनालाई सरकारले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेको हो ।

आँबुखैरेनी–पोखरा सडकका लागि बोलपत्र आह्वान भएर ठेकेदार छनौट पनि भइसकेको छ । यो सडक डेडिकेटेड चार लेनको बनाइँदैछ ।

सरकारले यसका लागि ७ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरेको छ । गण्डकी प्रदेशकै र देशकै प्रतिक्षित आयोजनाअन्तर्गत पृथ्वी राजमार्गका स्तरोन्नति तथा विस्तारले पोखरा–काठमाडौंलाई सहज र छोटो दूरीमा जोड्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार