• सोमबार, असोज १२ २०८३

सरकारी कर्मचारीलाई १० दिनको भ्रमण बिदा


शनिबार, जेष्ठ १५ २०७८
795
Shares

काठमाडौं । सरकारले सरकारी कर्मचारीहरुलाई १० दिन भ्रमण बिदा दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् सरकारले यो घोषणा गरेको हो ।

बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारले ‘पर्यटन काज’को यो नीति ल्याएको बताए ।

‘आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकम सहित पर्यटन काज उपलब्ध गराइने छ,’ मन्त्री पौडेलले भने ।

उनले निजी क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई समेत सोही अनुसारको सुविधा प्रदान गर्न प्रेरित गरिने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार