• बिहिबार, साउन १४ २०८३

शनिबार ६ हजार ८० कोरोनामुक्त हुदाँ ४ हजार ४८७ संक्रमित थपिए


शनिबार, जेष्ठ १५ २०७८
1.2K
Shares


काठमाडौं । नेपालमा शनिबार थप ४ हजार ४ सय ८७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा ५ लाख ५३ हजार ४ सय २२ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ४ हजार ३ सय ११ जनामा पोजेटिभ देखिएको हो।

त्यस्तै १ सय७६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो। योसँगै नेपालमा संक्रमितको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार ७ सय ५२ जनाको नमूना परीक्षण गरिएको हो।

मन्त्रालयका अनुसार ६ हजार ८० जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्। योसँगै ४ लाख ३४ हजार ७ सय ५० कोरोनामुक्त भएका छन्।

त्यस्तै यस अवधिमा १ सय १६ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार १ सय ६१ पुगेको छ।

हालसम्म कोरोनाबाट निको हुनेको दर ७८.६ प्रतिशत रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार