गोरखा । बारपाकमा एक युवतीको स्वास्थ्य अवस्था अत्यन्त जटिल भएपछि उपचारका लागि काठमाण्डाै लगिएकाे छ ।
गत ४ दिनदेखि झाडा पखलाबाट ग्रसित २४ बर्षकी युवतीलाई उपचारका लागि हेलिकप्टरमा काठमाण्डाै लगिएकाे हाे ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकाे पहलमा उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाण्डाै पुर्याइएकाे निर्देशनालयका नवराज शर्माले सिभिलखबरलाई बताए ।
तारन्तार पखालाका कारण उनको अक्सिजनको लेभल ६० सम्म झरेकाले अवस्था जटिल बनेकाे थियाे ।
साे बिषयका बारे शनिबार बिहान मात्रै जानकारी पाएकाे निर्देशनालयले बिहानैदेखि हेलिकप्टर बारपाक पठाउने प्रयास गरेकाे थियाे तर माैसम खराबीका कारण त्याे सम्भव हुन सकेकाे थिएन ।
दिनभरीकाे प्रयासपछि करिब ४ बजे उनलाई मनाङ इयर मार्फत काठमाण्डाै लगिएकाे निर्देशनालयले जनाएकाे छ ।
हेर्नुस तस्विर




तस्विरहरु: नानीबाबु दानी/ स्वास्थ्य निर्देशनालय पाेखरा