• सोमबार, भाद्र २२ २०८३

कोरोना खोप सहयोग गर्न राष्ट्रपति भण्डारीले गरिन् अमेरिकी सरकारलाई आग्रह


शनिबार, जेष्ठ १५ २०७८
800
Shares


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी सरकारसँग कोरोना भाइरसविरुद्धको खोपको सहयोग मागेकी छन्।

अमेरिकी समकक्षी जो बाइडेनलाई एक पत्र लेख्दै राष्ट्रपति भण्डारीले नेपाललाई खोप सहयोग गर्न आग्रह गरेकी हुन्।

अमेरिकास्थित नेपाली दूतावासका अनुसार राष्ट्रपतिले पठाएको पत्र अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ सल्लाहकार इर्भिन मसिन्गालाई राजदूत युवराज खतिवडाले हस्तान्तरण गरेका हुन्।

दूतावासका अनुसार खतिवडाले मसिन्गालाई कोरोना भाइरसले नेपालमा पारेको महामारी र खोप योजनाबारे जानकारी गराएका छन्।

राजदूत खतिवडाले अमेरिकी सरकारबाट खोप सहयोग गर्न नेपालले गरेको अनुरोध दोहोर्‍याएका दूतावासले जनाएको छ।

अमेरिकाले चाँडै बिभिन्न देशलाई बाँड्न लागेको ८ करोड खोपमध्ये केही खोप दिन नेपालले अमेरिकालाई आग्रह गरिरहेको छ । त्यसैगरी ५० लाख अमेरिकी खोप खरिदको प्रक्रिया पनि अगाडि बढेको सरकारी अधिकारीहरु बताउँछन् ।

यसअघि राष्ट्रपति भण्डारीसमेतको आग्रहमा चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपाललाई १० लाख डोज कोरोना खोप दिने घोषणा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार