चितवन । गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ।
कालिका नगरपालिका–१ स्थित चतुर्मुखी सामुदायिक वनमा स्थानीय तेजकुमारी सुनुवारलाई गैंडाले आक्रमण गरेको हो।

जंगलमा घाँस, निउरो खोज्न गएको बेलामा ५६ वर्षीया सुनुवारलाई गैंडाले आक्रमण गरेको प्रहरीले जानकारी दियो।
गैंडाको आक्रमणबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।