• सोमबार, असोज १२ २०८३

गोरखामा पहिरोले गोठ पुरिदाँ दर्जनौँ चौपाया मरे


शनिबार, जेष्ठ १५ २०७८
620
Shares


गोरखा । जिल्लामा पछिल्लो केही दिनदेखी लगातार परिरहेको अविरल बर्षाका कारण गएको पहिरोले गोठ पुरिदाँ दर्जनौँ चौपाया मरेको छ ।

चार दिनदेखीको निरन्तर झरीपछि गएको पहिरोले गोठ पुरिदाँ दर्जनौँ चौपाया मरेको हो ।

शहिदलखन गाउँपालिका वडा नं. ७ बोर्लाङमा हिजो साँझा ७ बजे तिर स्थानीय धनबहादुर श्रेष्ठको गोठ भत्किँदा गोठभित्र रहेका दुई भैँसी, एक पाठा, एक बाख्रा र एक बोका पुरिएर मरेको जिल्ला प्रहरी गोरखाले जानकारी दिएको छ ।

त्यस्तै धार्चे गाउँपालिका १ हुलचुकमा पनि पहिरोले दुईवटा गोठ पुर्दा ३० वटा भन्दा धेरै भेँडा पुरिएको छ ।

सयभन्दा धेरै भेँडा रहेको गोठ पहिरोले पुर्दा ३० वटा पुरिएर बेपत्ता भएको, अरुलाई उद्धार गरिएको वडाअध्यक्ष दिलिप गुरुङले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार