• बिहिबार, साउन १४ २०८३

उज्वल थापाको परिवारले अस्वीकार गर्‍यो दुर्गा प्रसाईंको सहयोग


शनिबार, जेष्ठ १५ २०७८
535
Shares

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको परिवारले उपचारका लागि बिएण्डसी मेडिकल कलेजका सञ्जालक दुर्गा प्रसाईंले गरेको सहयोग प्रस्ताव अस्वीकार गरेको छ ।

शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै भेन्टिलेटरमा उपचचाररत उज्वल थापाको सम्पूर्ण उपचार खर्च आफूले व्यहोर्ने घोषणा गरेका थिए ।

तर शनिबार नै परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट थापाको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरिएको प्रेस नोटमा उक्त सहयोग अस्वीकार गरिएको हो ।

थापा करिब दुई हप्तादेखि कोरोना संक्रमित भई अस्पतालमा उपचार गराइरहेका छन्।

‘उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ ।’ प्रेस नोटमा भनिएको छ ।

थापाको सहयोगका लागि हालसम्म अमेरिकी डलर २२ हजार २ सय ९१ र नेपालमा रहेको बैंक खातामा करिब रु २६ लाख ५० हजार जम्मा भएको परिवारले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार