पोखरा । पहिरोमा परी तनहुँमा एक महिलाको मृत्यु गएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका १, निर्मल पोखरीका ६२ वर्षीय सरस्वती घर्ती रहेका छन् । पहिरोले घर पूर्ण रुपमा क्षति पुगेको वडाध्यक्ष खरसिंह दरैले जानकारी दिए ।

उनका अनुसार राति सुतेको बेला घरपछाडिबाट आएको पहिरोले पुरेको र उद्धार गरेर अस्पताल लैजाने क्रममा मृत्यु भएको बताए ।
घरका अरु सदस्य भने सकुशलै छन् । घरमा घर्तीसहित ५ जना रहेको उनले बताए ।