• बिहिबार, साउन १४ २०८३

बारपाकमा २४ बर्षकी युवतीको स्वास्थ्य अवस्था जटिल, हेलिकप्टरबाट उद्दार गर्न मौसम खुलेन


शनिबार, जेष्ठ १५ २०७८
675
Shares

गोरखा । बारपाकमा एक युवतीको स्वास्थ्य अवस्था अत्यन्त जटिल भएको छ । गत ४ दिनदेखि झाडा पखलाबाट ग्रसित ति युवतीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएको छ ।

उनको अवस्थाबारे शनिबार बिहान थाहा पाएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले उपचारका लागि पोखरा पु¥याउन हेलिकप्टर पठाउने तयारी गरिरहेको जनाएकाे छ ।

‘२४ बर्षकी युवतीको अवस्था निरन्तर पखालाका कारण नाजुक भयो भयो भन्ने खबर आएको छ, त्याहा हाम्रो टिमले हेरिरहेको छ’ गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले सिभिलखबरलाई भने ‘बिहानैदेखि हेलिकप्टर पठाउने प्रयास गरेको, मौसम खराब भएका कारण सम्भव भइरहेको छैन, मौसम अनुकुल हुने बित्तिकै हेलि पठाउछौ ।’

तारन्तार पखालाका कारण उनको अक्सिजनको लेभल ६० सम्म झरिसकेका रिपोर्ट आफुले पाएको शर्माले बताए ।

हाल प्रदेशबाट खटिएको स्वास्थ्य टिमले बारपाकमै उनको उपचार गरिरहेको र मौसम खुल्ने बित्तिकै हेलिकप्टर पठाएर पोखरा ल्याउने तयारी निर्देशनालयले गरिरहेको डा शर्माले सिभिलखबरलाई जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार