• बिहिबार, साउन १४ २०८३

बारपाक: एकैदिन ५८ जनाकाे काेराेना रिपाेर्ट पोजेटिभ, आज पनि परीक्षण हुँदै


शनिबार, जेष्ठ १५ २०७८
790
Shares

गोरखा । काेराेना भाइरससंग लक्षण मिल्ने संक्रमणबाट जेठ महिनाकाे पहिलाे र दाेस्राे हप्तामा मात्रै १३ जनाकाे मृत्य भएपछि बारपाकमा शुक्रबारबाट स्वास्थ्य परिक्षण थालिएकाे छ ।

बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ र २ मा शुक्रवार मात्रै सात सय ३२ जनाको ऐन्टिजेन माध्यमबाट काेराेना परीक्षण गरिएको हाे ।

ती मध्ये ५८ जनाको रिपोर्ट पोजेटिभ आएको १ का वडाध्यक्ष राेशन बिकले बताए । पोजेटिभ रिपोर्ट आएकामा अधिकांस वृद्धवृद्धा छन् । तीन सय ९८ जना महिला र तीन सय २४ जना पुरुषको ऐन्टिजेन परीक्षण गर्दा ४० जना महिला र १८ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको उनले बताए ।

काेराेनासंग मिल्ने लक्षणबाट १३ जनाकाे मृत्यु भएपछि बिहिबार गाउँपालिका अध्यक्ष बिष्णु भट्टले संघ र प्रदेश सरकारलाई सहयाेग गर्न अपिल गरेकाे थियाे ।

त्यस लगत्तै प्रदेश सरकारका भाैतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतसहित साँसदहरु प्रकाशचन्द्र दवाडी, धनमाया लामा पाेखरेल, गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा विनाेदबिन्दु शर्मा लगायतकाे टाेली बारपाक पुगेकाे थियाे ।

उनिहरुसंग प्रदेश र जिल्लाबाट विशेषज्ञ चिकित्सक सहितकाे टाेली समेत शुक्रबार नै बारपाक पुगेर परिक्षण सुरु गरेका थिए ।

शुक्रबार छुटेकाहरुको स्वस्थ्य जाँच आज पनि भइरहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा विनाेदबिन्दु शर्माले सिभिलखबरलाई बताए ।

हिजाे ३ ठाउँबाट परिक्षण गरिएकाे थियाे भने आज पानी परिरेहकाले २ स्थानमा केन्द्र बनाएर ऐेन्टिजेन परीक्षण भइरहेकाे उनले जानकारी दिए । मन्त्रीसहित स्वास्थय निर्देशककाे टाेली भने हिजै पाेखरा फर्किसकेकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार