• सोमबार, असोज १२ २०८३

६ हजार ९५१ संक्रमित थपिँदा ९ हजार ८४१ निको भए


शुक्रबार, जेष्ठ १४ २०७८
585
Shares

शुक्रबार ६ हजार ९५१ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसै अवधिमा थप ९ हजार ८४१ जना कोरोनाबाट मुक्त भएका छन्। एकै दिन कोरोनाबाट निको हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो। 

थप ९६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यीसहित हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ। 

यस दिन कुल २० हजार ११० जनाको नमुना परीक्षण गरिएको थियो। जसमध्ये पिसिआर १९ हजार ३१३ र एन्टिजेन परीक्षण ७ सय ९७ जनाको गरिएको थियो।

पछिल्ला दिनमा निको हुनेको दर बढ्दै गएको छ। मन्त्रालयका अनुसार हाल निको हुनेको दर ७८. १ प्रतिशत रहेको छ।

हालसम्म ५ लाख ४९ हजार १११ जनामा कोरोना संक्रमण देखिएको छ भने ४ लाख २८ हजार ६७० जना निको भएका छन्। हाल देशभर १ लाख १३ हजार ३९४ जना सक्रिय संक्रमित छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार