• सोमबार, असोज १२ २०८३

लगातारको वर्षासँगै मर्स्याङ्दीको विद्युत् उत्पादन बढ्यो, पुर्ण क्षमता नै उत्पादन


शुक्रबार, जेष्ठ १४ २०७८
970
Shares

तनहुँ । बिहीबार बिहानदेखिको लगातारको वर्षाका कारण तनहुँमा रहेको मर्स्याङ्दी जलविद्युत केन्द्रको उत्पादन बढेको छ ।

६९ मेगावाट विद्युत उत्पादन गर्ने क्षमता भएको यस आयोजनाबाट पूर्ण क्षमता अर्थात ६९ मेगावाट नै उत्पादन भइरहेको जानकारी प्राप्त भएको छ ।

उत्पादन बढेपछि नेपाल विद्युत प्राधिकरणलाई माग धान्न टेवा पुगेको छ । सुख्यायाममा विद्युत उत्पादन कम हुँदा प्राधिकरणले भारतबाट विद्युत आयात गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार