• सोमबार, असोज १२ २०८३

सुनको मूल्य घट्यो, प्रतितोला कति पुग्यो ?


शुक्रबार, जेष्ठ १४ २०७८
740
Shares

काठमाडौं । सुनको मूल्‍य आज तोलामा चार सय रुपैयाँले घटेको छ ।

बिहीबार ९४ हजार दुई सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९३ हजार ८ सय रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको प्रतितोल मूल्‍य ९३ हजार तीन सय रुपैयाँ तोकिएको छ । बिहीबार उक्त सुन ९३ हजार सात सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

पछिल्लो तीन दिनदेखि चाँदीको मूल्‍य भने स्थिर छ । चाँदीको बजार खरिद बिक्री मूल्य प्रतितोला एक हजार तीन सय ५० रुपैयाँ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार