• बिहिबार, साउन १४ २०८३

समुदायस्तारमा कोरोना फैलिएको आशंकामा विशेषज्ञ चिकित्सकसहितको टोली बारपाकमा


शुक्रबार, जेष्ठ १४ २०७८
540
Shares

गोरखा । बारपाकमा कोरोना संक्रमण समुदायस्तारमा फैलिएको आशंकामा गण्डकी प्रदेश सरकारले प्रदेश स्वास्थ्य निर्देशकसहित विशेषज्ञ चिकित्सकको टोली खटाएको छ ।

दुई जना विषेशज्ञ डाक्टर, एक जना मेडिकल अधिकृत, नर्सिङ स्टाफ, एक जना मनोसामाजिक परामर्शकर्ता र एक जना जनस्वास्थ्य अधिकृत सहितको टोली बारपाक पुगेको हो ।

यस्तै गोरखाबाट पनि डा. सन्दिप श्रेष्ठको नेतृत्वमा तीन जना चिकित्सक टोली खटाइएको छ । दुवै समूहले क्षेत्र विभाजन गरेर बिरामीको परिक्षण र उपचार गर्ने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

त्यहाँका बासिन्दाले परिक्षण गर्न नमान्दाँ समस्या भएको हो । कोरोनाको लक्षण भएकाले परीक्षण नगराएको हुँदा उनीहरुलाई सचेतना जगाउन स्थानीय अगुवालाई परिचालन गरिने, मनोसामाजिक परामर्श दिने, उपचार गर्ने र औषधी बितरणको काम चिकित्सक सहितको टोलीले गर्ने निर्देशक शर्माले बताए ।

एन्टिजेन र पिसिआर दुवै विधीबाट परिक्षण गरेर संक्रमितको पहिचान गरी त्यहाँको अवस्था बारे यकिन गरे पश्चात उपचारको कामलाई अघि बढाइने उनले बताएका छन् । बस्ती बाक्लो रहेकाले परिक्षणमा समय लाग्ने हुनाले चिकित्सकको टोली दुईदेखि तीन दिन सम्म त्यहाँ रहनेछन् ।

बारपाकमा पछिल्लो केही दिनदेखी कोरोना सँग मिल्दोजुल्दो लक्षण भएका बिमारीको दर बढेको र लागातार मानिसको मृत्यू हुन थालेपछि गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक लिएर सरकार प्रवक्ता समेत रहेका मन्त्री राम शरण बस्नेत बारपाक पुगेका हुन् ।

यस अघि बिहीवार वक्तव्य जारी गर्दै बारपाक सुलिकोट गाउँपालिकाले समस्या समाधानका लागि केन्द्र र प्रदेश सरकारसँग सहयोग मागेको थियो ।

हाल सम्म १ सय १३ जनाको परिक्षण गरेका मध्ये ६३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये तीन जनाको मृत्यु भएको छ । तर, जेठ १ गते यता मात्रै संक्रमणका लक्षण देखिएका १३ जनाको मृत्यु भई सकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार