• सोमबार, असोज १२ २०८३

अरुण तेस्रोको डाइभर्सनल टनेलको बाँध बाढीले बगायो


शुक्रबार, जेष्ठ १४ २०७८
985
Shares

लगातारको बर्षातसँगै आएको बाढीका कारण अरुण तेस्रो जलविद्य्युत आयोजनाको डाइभर्सनल टनेल बाँध बाढीले बगाएको छ ।

सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन रहेको नौ सय मेगावाटको आयोजनाको डाइभर्सनल टनेल पानी हाल्न तयार भएको उक्त टनेलको बाँध बाढीले बगाएको हो ।

बाढीले ड्याम भत्काउँदा पानी प्याँक्न प्रयोग गरिएका डिवाइटिङ पम्प तीन वटा र पम्पमा लाग्ने फलामे पाइप ४० मिटर, सिमेन्ट, गिटी, कङ्क्रिट गर्दा प्रयोग गरिने दुई सय लिटरको टिनको खाली केमिकल ड्रम ३५ वटा, टिनले बारेको ६र६ मिटरको टिनको तीन वटा पोस्ट घरसहित बगाउँदा झन्डै १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

२०७५ साल वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा स्विच थिचेर आयोजनाको शिलान्यास गरेका थिए । सन् २०२३ भित्र सम्पन्न गर्ने लक्ष्यका साथ तीव्र रुपमा काम भैरहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार