• सोमबार, भाद्र २२ २०८३

चिनले आइतबार २ लाख डोज खोप नेपाल पठाउने


शुक्रबार, जेष्ठ १४ २०७८
540
Shares

काठमाडौं, चीनियाँ राष्ट्रपति सी चिनफिङले घोषणा गरेको १० लाख डोजमध्ये २ लाख खोप आइतबार नेपाल आइपुग्ने भएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज स्वास्थ्य पत्रकारसँग गरेको जुम अन्तर्क्रियामा मे ३० तारिख अर्थात् पर्सि तिब्बतबाट २ लाख खोप आउने र जुन १ वा २ तारिखमा थप ८ लाख खोप चीनबाट आउने जानकारी गराएका हुन्।

नेपाल र चिनका दुइ राष्ट्रपति बिच केही दिनअघि फोन वार्ता भएको थियो। वार्तालगत्तै चिनीया राष्ट्रपतिले नेपाललाई अनुदानमा १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार