• सोमबार, असोज १२ २०८३

गणतन्त्र दिवसमा तीन दिन दीपावली


शुक्रबार, जेष्ठ १४ २०७८
590
Shares


गणतन्त्र दिवस २०७८ जेठ १४ गतेदेखि १६ गतेसम्म तीन दिन भव्यताका साथ मनाइने भएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लास्थित सबै सरकारी तथा सार्वजनिक निकायका कार्यालय र सार्वजनिक महत्वका सम्भाव्य स्थलमा दीप प्रज्ज्वलन गर्ने तथा जिल्लावासी आमनागरिक घरघरमा साँझ दीपावली गर्न, गणतन्त्र दिवसका सन्दर्भमा सङ्घ, प्रदेश र स्थानीय पालिकामा मनाउन आग्रह गरेका छन्।

उनले सरकारी, गैरसरकारी तथा सामुदायिक सङ्घसंस्थाबाट आयोजना तथा सञ्चालन हुने रचनात्मक, सिर्जनात्मक, सन्देशमूलक तथा जनचेतनामूलक कार्यक्रममा आवश्यक समन्वय तथा सहजीकरण गर्ने, गराउने, जिल्लाभित्रका धार्मिक, सांस्कृतिक सम्पदाको सरसफाइसहित सौन्दर्यीकरणमा अभिवृद्धि गर्न आग्रह गरिएको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार