• सोमबार, असोज १२ २०८३

गोरखामा निषेधाज्ञा जेठ २५ गते सम्म लम्बियो


शुक्रबार, जेष्ठ १४ २०७८
580
Shares

गोरखा । गोरखामा निषेधाज्ञा जेठ २५ गते सम्म लम्बिएको छ । जिल्लास्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) गोरखाको आज बसेको बैठकले जारी निषेधाज्ञा थप १० दिन लम्ब्याउने निर्णय गरेको हो ।

जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएकाले रोकथाम र नियन्त्रणका लागी भनेर यस अघि जारी गरिएको निषेधाज्ञा भोली (जेठ १५ गते) सकिँदै छ ।

कोरोना संक्रमितको संख्यामा सुधार नआए पछि निषेधाज्ञा आगमी जेठ २५ गते सम्म जारी रहने जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ।

निर्माण सामग्री ढुवानी रातीमा गर्न दिने यस अघिको निर्णयलाई परिर्वतन गर्दै डिसिसिएमसीले दिउँसोको समयमा ढुवानी गर्न पाउने ब्यवस्था गरेको छ ।

त्यस्तै बैंक, बित्तिय संस्था, बजारहरुको हकमा भने यस अघिको निर्णय नै कायम रहने भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार