वीरगञ्जमा कोरोना संक्रमणमुक्त भएकाहरुमा ब्ल्याक फङ्गस अर्थात कालो ढुसीको संक्रमण भएको पुष्टि भएको छ ।

कोभिड संक्रमण मुक्त भइसकेका वीरगञ्जका २५, ४५ र ५० वर्ष तीन जनाको केओएच परीक्षण गर्दा उक्त संक्रमण देखिएको हो ।वीरगञ्जको मंगलम डाइग्नोष्टिक सेन्टरमा फङ्गस कल्चर गर्दा दुईजनामा म्युकोर्माइकोसिस प्रमाणित भएको हो ।

कोरोना संक्रमण भएका दुइ जनाको कन्फर्म भइसकेको छ भने एक जनाको कल्चरको रिपोर्ट आउन बाँकी छ ।
यो दुर्लभ, तर खतरनाक फंगल संक्रमण हो । यो पछिल्लो समय कोरोना संक्रमितमा देखा परिरहेको छ । यसले संक्रमितको नाक, आँखा वा दिमागमा असर गर्न सक्छ ।
यसअघि पनि वीरगञ्जमा ब्ल्याक फङ्गसका विरामी भेटिएको र दुई जनाको मृत्यु भइसकेको तर क्लिनिकल्ली भने पहिलो पटक प्रमाणित भएको बताइएको छ ।