गोरखा । बारपाकमा थप एक जना वृद्धाको मुत्यु भएको छ ।
अन्दाजी ८२ वर्षीया वृद्धाको उपचारका लागि सदरमुकामको अस्पताल ल्याउने क्रममा गए राती मृत्यु भएको हो ।

उनमा कोरोना सँग मिल्दोजुल्दो लक्षणको समस्या देखिएको थियो । त्यसैले कोरोना संक्रमण होकी भन्ने आशंका रहेको स्थानीयले जानकारी दिए ।
केहीदिन अघि उनको छोरीलाई कोरोना पाजेटिभ देखिएको थियो भने उनको परीक्षण भएको थिएन ।

यो सँगै बारपामा जेठ १ गतेयता मृत्यू हुनेको संख्या १३ पुगेको छ । मृतक सबैमा कोरोनासँग मिल्दोजुल्दो लक्षण रुघाखोकी लगायत ज्वारोको समस्या रहेको स्थानीयले बताए ।
अहिले एक हजार भन्दा बढि स्थानीयमा रुघाखोकी र ज्वरोको समस्या रहेको बारपाक सुलिकोट गाउँपालिकाले जनाएको छ ।
