• बिहिबार, साउन १४ २०८३

स्वास्थ्य केन्द्रलाई इसिजी मेसिन सहयाेग


बिहिबार, जेष्ठ १३ २०७८
1000
Shares

गोरखा । गोरखा नगरपालिका वडा नम्बर २ स्थित कोखे आहाले शहरी स्वास्थ्य केन्द्रलाई इसिजी मेसिन सहयोग गरिएको छ ।

कोखेको अर्घौता पौवा घर भई काठमाण्डौ लगायत देशका बिभिन्न जिल्ला र विदेशमा समेत रहि विभिन्न पेशा ब्यवसायमा संलग्न रहेकाहरुले आफ्नो गाउँको स्वास्थ्य चौकीलाई इसिजी मेसिन सहयोग गरेका हुुन ।

अर्घौता–पौवा मिलन चौतारी संस्था मार्फत उनिहरुले सहयोग रकम संकलन गरेर खरिद गरिएको सो मेसिन बिहिबार संस्थाका सदस्य बुद्धि प्रसाद श्रेष्ठले वडाध्यक्ष रहमतुल्ला मियाँलाई हस्तान्तरण गरेका हुन ।

कोरोना भाइरसको दोस्रो लहरको महामारीसंग जुध्न र अन्य समस्या भएका बिरामीहरुको उपचारमा समेत सहजता होस भन्दै स्वास्थ्य चौकीलाई उक्त मेसिन सहयोग गरिएको संस्थाका सदस्य किरण कुमार श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार