
पोखरा । निषेधाज्ञामा आर्थिक संकट ब्यहाेरिरहेका पाेखराका अति विपन्न परिवारलाई राहत सामाग्री सहयाेग गरिएकाे छ ।
‘हामी छौ, तपाई भोकै वस्नु पर्दैन’ नामक अभियान चलाइरहेका एक युवा समुहले निषेधाज्ञाका बेला खाद्धान्नकाे संकटमा परेका ५० परिवारलाई घरमै पुगेर बिभिन्न खाद्ध सामाग्री सहयाेग गरेकाे हाे ।
राहत वितरणकाे ‘नो फोटो नो भिडियो’ नारा दिएर पहिलाे चरणमा ५० परिवारलाई सहयाेग गरिएकाे ग्यालेक्सी टेलिभिजनका गण्डकी प्रदेश प्रमुख उत्तम पौडेलले जानकारी दिए ।
बिहान बेलुकाकाे छाक टार्न दिनभरी ज्याला मजदुरी गर्ने नागरिक हालकाे निषेधाज्ञाका कारण अति समस्यामा परेकाेले उनिहरुकाे पहिचान गरेर खाद्धान्न सामाग्री घरमै पुगेर सहयाेग गरिएकाे पाैडेलले सिभिलखबरलाई बताए ।
उनका अनुसार राहत वितरणकाे कुनै पनि फोटो वा भिडियो लिइएकाे छैन । प्रचारका लागि सहयाेग नगरिएकाे बताउदै उनले याे नितान्न विपन्न वर्ग दैनिकीलाई सहज बनाउन चालिएकाे अभियान रहेकाे बताए ।
पहिलाे चरणमा पाेखराकाे फुलबारी, नयाबजार, बसपार्क, एर्पोट, बिरौटा, सिमपानी हरिचोक, लगायतका स्थानका ५० अति विपन्न परिवारलाई सहयोग गरिएकाे अर्का अभियान्ता एवं चलचित्र पत्रकार बोधराज रेग्मीले बताए ।
अब दाेस्राे चरणमा थप एक सय परिवारलाई राहात सामाग्री प्रदान गर्ने याेजना रहेकाे बताइएकाे छ ।