काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार २ सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ६ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि हुदाँ ७ हजार २ सय २६ जना संक्रमणमुक्त भएका हुन् । योसँगै ४ लाख १८ हजार ८ सय २९ कोरोनामुक्त भएका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ६ हजार ७ सय ३१ जनामा पोजेटिभ देखिएको हो।
त्यस्तै २०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो। योसँगै नेपालमा ५ लाख ४२ हजार २ सय ५६ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा २० हजार ९ सय ९२ जनाको नमूना परीक्षण गरिएको हो।
त्यस्तै यस अवधिमा १०६ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ।
हालसम्म कोरोनाबाट निको हुनेको दर ७७.२ प्रतिशत रहेको छ।
