
गोरखा । गोरखा नगरपालिका २ घर भई हाल काठमाण्डौमा बसोबास गर्नेहरुले वडावासीको सुरक्षाका लागि स्वास्थ्य सामाग्री पठाएका छन् ।
कोखे समाज काठमाण्डौ नामक संस्था नै स्थापना गरेर बिभिन्न सामाजिक कार्यमा सहभागी हुदै आएका उनिहरुले कोरोना भाइरसको संक्रमणबाट वडाबासीलाई बचाउन स्वास्थ्य सामाग्री पठाएका हुन ।
समाजका बरिष्ठ उपाध्यक्ष रामचन्द्र आले (बाबु) ले बिहिबार कोखे आहाले शहरी स्वास्थ्य केन्द्रमा पुगेर वडाध्यक्ष रहमतुल्ला मियाँलाई सो सामाग्री हस्तान्त्रण गरेका हुन् ।
जसमा सेनिटाइजर २५ लिटर, सर्जिकल मास्क ५ प्याकेट, फेस सिल्ड १५ पिस, थर्मल गन ३ पिस, ह्याण्ड वास ३ बोतल, सर्जिकल ग्लोप्स ३ प्याकेट, सर्जिकल नर्मल मास्क २५ प्याकेट रहेको समाजका सदस्य नविन भट्ट क्षेत्रीले सिभिलखबरलाई जानकारी दिए ।
साथै उनिहरुले याे महामारी बिरुद्ध एकतावद्ध भएर सहयाेगमा जुट्न समेत आह्वान गरेका छन् ।
‘याे महामारीसंग जुध्न सरकार एक्लैले सक्ने अवस्था छैन, यसमा सबैकाे साथ र सहयाेग आवस्यक छ’ बरिष्ठ उपाध्यक्ष आलेले भने ‘आज हामीले सानाे सहयाेग वडालाई बुझाएका छाै, अब सबैले आआफ्नाे ठाउँबाट सक्ने सहयाेग गराै र समुदायलाई बचाउने हिम्मत राखाै ।’