• सोमबार, असोज १२ २०८३

छोराको हत्या आरोपमा बुवा पक्राउ


बिहिबार, जेष्ठ १३ २०७८
875
Shares

Modern metal handcuffs. Vector illustration in flat style

काठमाडौं । छोराको हत्या आरोपमा बाँकेको कोहलपुरमा बुवा पक्राउ परेका छन्।

कोहलपुर नगरपालिका—१२ चपरगौडीमा बुधबार राति करिब पौने १० बजे बुवाले छोराको हत्या गरेका हुन्।

प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास खड्काका अनुसार अन्दाजी ५० वर्षीय ठाकुरप्रसाद ओलीले आफ्ना १८ वर्षीय छोरा पोषण ओलीलाई घरायसी विवादका कारणघाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको बताए ।

धारिलो हतियार प्रहार पछि गम्भीर घाइते भएका पोषणको उपचारको लागि नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा थप अनुसन्धान अघि बढाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार