सगरमाथा क्षेत्रमा बाक्लो हिमपात परेकाले सगरमाथाको दोश्रो शिविरमा झण्डै एक सय जना पर्वतारोही तथा उनीहरूका सहयोगी रोकिएका छन् ।

आरोहणका लागि चौथो शिविरसम्म पुगेका आरोहीहरू मौसम खराब हुने सूचना आएसँगै फर्किएका हुन ।
बङ्गालको खाडीमा सुरु भएको (यास) नामको चक्रवातको प्रभावले अहिले हिमाली क्षेत्रमा हिमपात र हावाहुरी चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पर्वतारोहणमा गएकाहरूलाई फिर्ता हुन पनि निर्देशन दिएको छ ।