• बिहिबार, साउन १४ २०८३

बारपाकमा लक्षण भएका बिमारीको संख्या बढ्यो, नियन्त्रणका लागी सहयोग गर्न गाँउपालिकाको अपिल


बिहिबार, जेष्ठ १३ २०७८
1.1K
Shares

गोरखा । जिल्लाको बारपाक सुलिकोट गाँउपालिकामा कोरोना सँग मिल्दोजुल्दो लक्षण भएको बिमारीको संख्या बढ्न थालेको छ ।

गाँउपालिकाको वडा नं. १ र २ समेटिएको बारपाकमा पछिल्लो केही दिनदेखी लक्षण भएका बिमारीको संख्या बढ्न थालेको हो ।

कोरोना महामारीले अहिले समुदायस्तरमा विकराल रुप लिएको छ । वडा वडा मा गएर एन्टिजेन र पिसिआर दुवै विधीबाट परिक्षण गरिएको भएता पनि लक्षण देखिएका सबै बिमारीलाई परिक्षणको दायरामा ल्याउन नसक्दाँ समस्या आएको गाँउपालिकाले जनाएको छ ।

गाँउपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले आज एक विज्ञप्ती जारी गर्दै पालिकाले मात्रै महामारी नियन्त्रण गर्न सक्ने अवस्था नरहेकाले जनप्रतिनिधीसहित संघ र प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

पालिका सँग भएको जनशक्ति र क्षमताले महामारी नियन्त्रण गर्न नसक्ने भएकाले डक्टरसहितको टोली पालिकामा पठाइदिनका लागी उनले संघ र प्रदेश सरकारलाई आग्रह गरेका हुन् ।

उनले सम्पूर्ण पालिका बासीलाई आ—आफ्नो स्थानबाट महामारीको स्थितीलाई समान्य बनाउन जतिसक्दो सहयोग गरिदिन पनि आग्रह गरेका छन् ।

गएराती मात्रै बारपाकमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने सबैमा रुघा खोकीको समस्या देखिएको स्थानीयले बताए ।

एक सय १३ जनाको परिक्षण गरिएका मध्ये ६३ जनामा संक्रमण पुष्टि भएको गाँउपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । ती मध्ये तीन जनाको मृत्यु भई सकेको स्वास्थ्य शाखाको विवरणमा उल्लेख गरिएको छ ।

जेठ यता मात्रै रुघाखोकी सहित ज्वारोको समस्या भएका १० जनाको मृत्यु भई सकेको स्थानीयको भनाई छ ।

दुई साता देखी बारपाकमा लक्षणसहितको बिमारी हत्तै बढ्न थाले पनि परिक्षणको दायरामा आउन नसक्दाँ समस्या भएको त्यस क्षेत्रमा खटिएका स्वास्थ्यकर्माीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार