काठमाडौं । अफ्रिकी राष्ट्र कंगोमा हालै भएको ज्वालामुखी विस्फोटनमा परी करिब ३२ जनाको मृत्यु भएको छ भने सयौँजना बेपत्ता छन् ।

गत शनिबार कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा राति ज्वालामुखी विस्फोट भएको थियो । विस्फोट भएपछि त्यसमा परेर हराएकाहरुको भने अब जिवीतै उद्धारको आशा नभएको बताइएको छ ।

उक्त पहाडमा ज्वालामुखी विस्फोट भएपछि लाभाहरुले सयौं बस्ती पुरेको थियो। त्यसबाट बाँच्नका लागि भाग्ने क्रममा धेरै जनाको ज्यान गएको बताइएको छ। भाग्ने क्रममा ती व्यक्ति बेपत्ता भएका हुन्।
हराउनेहरुमा बालबालिकाका साथै बयस्क र बृद्धबृद्धाहरु पनि रहेको बताइएको छ ।