बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १ का ७४ वर्षका लालबहादुर थारु बाघलाई खुर्पाले हानेर बच्न सफल भएका छन ।

औराही सामुदायिक वनमा बाख्रा चराउँदै गरेका ७४ वर्षका थारुलाइ हिजो बेलुकी बाघले आक्रमण गरेको थियो। थारुले आफ्नो साथमा रहेको खुर्पाले बाघलाई हानेको र चोट लागेर बाघ जङ्गलतर्फ भागेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

बाघले आक्रमण गर्दा अनुहार दाहिने खुट्टामा घाउ लागेका थारुको बर्दिया अस्पतालमा उपचार भइरहेको बताइएको छ ।