• सोमबार, असोज १२ २०८३

टिकटक बनाउने क्रममा पासोमा झुन्डिँदा बालिकाको मृत्यु


बिहिबार, जेष्ठ १३ २०७८
730
Shares

टिकटक बनाउने क्रममा एक ११ वर्षीया बालिकाको मृत्यु भएको छ।

टिकटक बनाउनलाई पासो लगाएर अभिनय गर्न खोज्दा त्यसमै परेर चौदण्डीगढी नगरपालिका ९ की सन्जीता बस्नेतको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार साँझ ती बालिकाले मुडामा चढेर पासो लगाएर टिकटक बनाउन खोजेको बताएको छ।

आमा बुबा भान्सामा खाना पकाईरहेको अवस्थामा बालिकाले टिकटक बनाइरहेकी थिइन्।

बालिका आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भिम बहादुर दाहालले जानकारी दिए।

‘सलको पासो बनाएर झुन्डिएको भिडियो फुटेज देखिन्छ, थप अनुसन्धान जारी छ’ एसपी दाहालले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार