काठमाडौं । फ्रान्सेली प्रशिक्षक एवम स्पेनिस क्लब रियल म्याड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लब छाड्ने भएका छन्।
आफूले क्लब छाड्ने जानकारी क्लबका निर्देशक र टोलीका केही खेलाडीलाई उनले जानकारी दिइसकेका छन्।

रियलले यो सिजनमा कुनै उपाधि जित्न सकेन। अब भने रियलको प्रशिक्षकमा इटालियन च्याम्पियन्स इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टे आउने चर्चा चलिरहेको छ।