• सोमबार, असोज १२ २०८३

बुधबार राति यस्तो देखिएको थियो ‘सुपर ब्लड मुन’ (तस्बिरहरू)


बिहिबार, जेष्ठ १३ २०७८
555
Shares


एजेन्सी । बुधबार राति चन्द्रमा अरू पूर्णिमाको रातभन्दा फरक थियो। नेपालबाट त्यसको अवलोकन गर्न नसकिए पनि संसारका धेरै ठाउँबाट ‘सुपर ब्लड मुन’ देखिएको थियो।

अर्थात् अरू बेलाभन्दा पृथ्वीको नजिक आएको पूर्णिमाको चन्द्रमामा ग्रहण लाग्दा यो रगतजस्तै रातो भएको थियो।

द गार्डियनका अनुसार उत्तर अमेरिका, दक्षिण अमेरिका र पूर्वी एसियामा सुपर ब्लड मुन देखिएको थियो।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार एकैसाथ पूर्णिमा, चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक हुने (सुपर मुन) र खग्रास चन्द्रग्रहण हुने हुँदा चन्द्रमा रातो हुने भएको हो।

‘पूर्णिमाको बेला चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक हुँदा परे हामीले सुपर मुन भन्छौं र टाढा भयो भने माइक्रो मुन भन्छौं। र विदेशी मिडियाले सुपर ब्लड मुन भन्नुको कारणचाहिँ एकैदिन पूर्णिमा पर्नू, सुपर मुन हुनु र ग्रहण लाग्नाले पनि हो,’ भट्टराईले भने।

बुधबार राति चन्द्रमा पृथ्वीभन्दा करिब ३ लाख ५७ हजार ३११ किलोमिटर टाढा थियो। सुपर मुन हुँदा माइक्रो मुनभन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत बढी उज्यालो देखिन्छ।

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

के हो पेनम्ब्रल चन्द्रग्रहण ?

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ। चन्द्रग्रहण भनेको पृथ्वीको छाया चन्द्रमामा पर्नु हो।

यस्तो छाया दुई प्रकारको हुन्छ, सघन र विरल।

यदि चन्द्रमामा पृथ्वीको सघन छाया परेमा खग्रास वा खण्डग्रास चन्द्रग्रहण हुन्छ भने विरल छाया पर्दा पेनम्ब्रल चन्द्रग्रहण हुन्छ। नेपाली पात्रोमा प्रायजसो नांगो आँखाले देख्न सकिने ग्रहणमात्रै उल्लेख गरिएको भट्टराईले बताए।

वैज्ञानिकहरूलाई यो ग्रहण अध्ययनको विषय हुने भएकाले महत्वपूर्ण रहन्छ। पेनम्ब्रल ग्रहणलाई यसअघि नेपालीकरण गर्न खोजिए पनि चलनचल्तीमा आएको पाइँदैन।

एस्ट्रोनोमिकल सोसाइटीका अनुसार यसअघि पेनम्ब्रललाई ‘विरल छाया नजिक चन्द्रग्रहण’ भन्ने शब्द राखिएको थियो। तर त्यो नाम बुझ्न गाह्रो हुने देखिएपछि सोसाइटीले पेनम्ब्रललाई नै प्राथमिकतामा राखेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार