
गोरखा । गोरखामा काेराेना भाइरस बिरुद्धकाे दाेस्राे डाेजकाे खाेप लगाउन छुटेकालाई जेठ १६ गतेदेखि लगाईने भएकाे छ ।
जिल्ला खोप समन्वय समितिको बुधवार बसेको बैठकले अभियानको पहिलो चरणमा पहिलो लगाएर दोस्रो डाेज छुटेकालाई १६ गतेदेखि खोप लगाउने निर्णय गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जसमा जेठ १६ र १७ गते गोरखा नगरपालिका भित्र कर्बडहलमा, जेठ १७ गते पालुङटार र अजिरकोट गाउँपालिका भित्रका सहित सिरानचोक गाउँपालिकाको थालाजुङ स्वास्थ्य चौकीमा खोप लगाउने तालिका कार्यालयले सार्वजनीक गरेको हो ।
१६ गते नै गण्डकी र शहीदलखन गाउँपालिकाको घैरुङ स्वास्थ्य चौकीमा, १८ गते बारपाक सुलिकोट, आरुघाट र भीमसेन थापा गाउँपालिकाको खान्चोक स्वास्थ्य चौकीमा खोप लगाउने स्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले बताए ।
खोप कार्यक्रम सञ्चालन गर्न पाँच जना खोप कार्यकर्ता र १२ जना स्वयमसेवक खटिनेछन् । गोरखामा २३ हजार तीन सय जनाले कोभिसिल खोपको पहिलो डाेज लगाएका थिए ।