• सोमबार, असोज १२ २०८३

पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल चढेको कार दुर्घटना


बुधबार, जेष्ठ १२ २०७८
570
Shares

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल चढेको कार दुर्घटनामा परेको छ । दुर्घटनामा परी नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार सुदीप गौतमको टाउकोमा सामान्य चोट लागेको छ भने अध्यक्ष पाेखरेलसहित अरू सबै सकुशल छन् ।

पाेखरेलकाे प्रदेश ३—०१, ०२२ च ९२२६ नम्बरको कारमा दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, शाखा उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम सवार थिए । कारलाई तुलसीपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ को स्काेर्पियाेले ठक्कर दिएको हो । 

गत चैत २५ गते नेपाल पत्रकार महासंघको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित भएपछि अध्यक्ष पोखरेल पहिलोपटक गृहजिल्ला दाङ गएका थिए । हिजो घोराहीका पत्रकारहरूसँग भेटघाट गरेका उनले आज तुलसीपुरका पत्रकारहरूसँग भेटघाटका लागि त्यहाँ गएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार