• सोमबार, असोज १२ २०८३

तेल बोक्ने ट्यांकरमा गाँजा तस्करी, दुई पक्राउ


बुधबार, जेष्ठ १२ २०७८
765
Shares

तेल बोक्ने ट्याङ्करमा लुकाएर भारततर्फ लैजान लागेको अवैध लागु औषध २ सय १८ किलो गाँजा बरामद गरिएको छ । प्रहरीले गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरील महोत्तरीको बर्दिबास नगरपालिका—८ बस्ने ३३ वर्षीय घनश्याम गिरी र चितवनको खैरहनी—२ बस्ने २३ वर्षीय रामकुमार दवाडीलाई पक्राउ गरेको हो ।

उनीहरु ना ४ ख २९७९ नम्बरको ट्याङ्करको चालक र सहचालक हुन् । रातो प्लाष्टिकले बेरेको १९ वटा पोकामा रहेको २ सय १८ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ पथलैयाबाट ट्याङकरमा लुकाएको गाँजासहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

महमुद आलमको ग्यारेजमा रोकेर राखिएको ट्याङ्करको चेम्बरमा लुकाएर भारततर्फ लैजान लागिएको गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्ष दिपक श्रेष्ठले जानकारी दिए ।

गाँजासहित ट्याङ्करका चालक र सहचालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेका उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार