• बिहिबार, साउन १४ २०८३

आज कोरोना संक्रमितभन्दा निको हुनेको संख्या धेरै


बुधबार, जेष्ठ १२ २०७८
530
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता समीरकुमार अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ६ हजार ६ सय ७७ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै ३७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो।

पछिल्लो २४ घण्टामा १९ हजार ३ सय ५२ नमूनाको कोरोना परीक्षण गरिएको छ। मन्त्रालयका अनुसार ६ हजार ७ सय १६ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्।

त्यस्तै यस अवधिमा १ सय ४५ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट निको हुनेको दर ७६.९ प्रतिशत रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार