• बिहिबार, साउन १४ २०८३

आरुघाट गाँउपालिकाले अन्तिरीक मूल्याङकनको आधारमा नतिजा सार्वजनिक गर्ने


बुधबार, जेष्ठ १२ २०७८
1.3K
Shares


गोरखा । पछिल्लो समय कोरोना संक्रमणको जोखिम समुदयस्तरमा तिव्र गतिमा फैलिरहेकाले आरुघाट गाँउपालिकाले अन्तिरीक मूल्याङकनको आधारमा चालु शैक्षिक शत्र २०७७ को नतिजा सार्वजनिक गर्ने भएको छ ।

भौतिक उपस्थितमा परिक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले पालिका भित्र रहेका विधालयहरुले यस अघिका परिक्षा र अन्तिरीक मूल्याङकनको आधारमा नतिजा सार्वजनिक गर्ने भएको हो ।

गाँउ शिक्ष समितीको बैठकले यस्तो निर्णय गरेको हो । पहिलो र अर्धवार्षिक परिक्षाबाट ४०/४० प्रतिशत र आन्तिरीक मूल्याङकनको आधारमा २० प्रतिशत गरी वार्षिक नतिजा सार्वजनीक गर्ने तयारी भएको गाँउपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ ।

कक्षा ८ को हकमा भने विधालयहरुले जेठ २५ गते सम्ममा मुल्याङकन विवरण पालिकामा उपलब्ध गराउनु पर्ने पालिकाकी शिक्षा अधिकृत पवित्रा शर्माले बताइन् ।

पालिका भित्रका सबै विधालयहरुले कक्षा ८ बाहेक १ देखी ९ कक्षा सम्मको नतिजा जेठ ३० गते प्रकाशित गर्ने निर्णय पनि गरेको छ । नयाँ शैक्षिक शत्र भने असारदेखी नै सुरु हुने जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार