काठमाडौं । रामदेवले हालै वैज्ञानिक उपचार पद्धति ‘एलोपेथी’विरुद्ध भनाइहरु राखेपछि आइएमएले रामदेमवमाथि कारवाहीको माग गरेको छ ।

रामदेवले भारतीय समाजलाई नोक्सानी पुर्याउने टिप्पणी गरेका कारण भारतीय चिकित्सा संघ आइएमएले बुधबार चर्चित योगगुरु बाबा रामदेवमाथि मानहानीको मुद्दा हालेको हो।
समाचार एजेन्सी पीटीआईका अनुसार आईएमएले बाबा रामदेवले १५ दिनभित्र माफी माग्नुपर्ने, यदी माफी नमागेको खण्डमा हजार करोड भारु क्षतिपूर्ति ब्यहोर्नुपर्ने बताएको हो।
यदी रामदेवले माफी नमागे उनले आईएमएका हरेक सदस्यलाई जनही ५० लाख क्षतिपूर्ति दिनुपर्ने पत्रमा भनिएको छ। यसको कुल रकम हजार करोड हुन आउँछ।

यसअघि उनले संसारभर भगवानले अक्सिजन दिएता पनि आज मानिसहरु अक्सिजन लिनै नसक्ने अवस्थामा पुगेको ठट्यौली पारामा बताएका थिए भने यसपटक भने उनले ‘एलोपेथी एक मूर्ख र दिवालिया विज्ञान हो जसका कारण लाखौं मानिस मरिरहेको बताएका कारण उनी बिरुद्ध मुद्दा हालेको हो।