नेकपा एमाले इटहरी नगर कमिटीले वडा नम्बर ३ को सुनौलो बस्तीमा कोरोना संक्रमित तथा विपन्न परिवारलाई दिइएको राहतमा ‘नेकपा एमालेको तर्फबाट’ चिठी पनि पठाएको भेटिएको छ ।

११२ परिवारलाई १० किलोग्राम चामल, तीन किलोग्राम दाल, तीन किलोग्राम आलु र तेलका दरले वितरण गरिएको राहतमा चिठी भेटिएको हो । जसमा लेखिएको छ, ‘यस महामारीको सामना गर्न तपाईंहरुको साथमा सिंगो नेकपा (एमाले) पार्टी रहेको छ, भन्दै संक्रमित टोलबासीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

उक्त पत्रमा हस्ताक्षर गर्ने एमाले नगर अध्यक्ष यामकुमार सुब्बाले भने विपन्न बस्तीमा रहेकाहरुलाई सान्त्वना स्वरुप राहत पठाएको बताएका छन ।