नदीमा नुहाउने क्रममा एक किशोरको मृत्यु भएको छ।
मंगलबार बिहान महाकाली नदीमा नुहाउन गएका बैतडीको शिवनाथ गाउँपालिका—१ पुण्लगाउँका १७ वर्षीय महेश साउदको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी आफन्तको मलामी गएका बेला नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा खोजी गर्दा उनी बुधबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।