World Health Organization leaders at a press briefing on COVID-19, held on March 6 at WHO headquarters in Geneva. Here's a look at its history, its mission and its role in the current crisis.
काठमाडौं । विश्वभर कोरोना संक्रमण र मृत्युदरमा कमी आएको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जानकारी दिएको छ।

डब्लूएचओका अनुसार गतहप्ता विश्वभर ४१ लाख नयाँ कोरोना संक्रमित थपिँदा ८४ हजारको संक्रमणका कारण मृत्यु भएको थियो। त्योभन्दा पहिलेको हप्ताको तुलनामा संक्रमण दरमा १४ प्रतिशत र मृत्युदरमा २ प्रतिशत गिरावट आएको डब्लूएचओको भनाइ छ।

यसहप्ता पनि दैनिक संक्रमित र मृतक संख्यामा कमी आइरहेको बताइएको छ।